
कांग्रेसको १५औँ महाधिवेशन : कैलाली क्षेत्र नं. २ मा पाँच संयोजकको जिम्मेवारी, क्षेत्रीय संयोजकमा राम बहादुर बिष्ट
कैलाली नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनलाई सफल, व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्ने उद्देश्यले कैलाली क्षेत्र नं. २ अन्तर्गत विभिन्न तहमा संयोजकको जिम्मेवारी तोकिएको छ।
प्राप्त विवरणअनुसार कैलाली क्षेत्र नं. २ को संयोजकमा रामबहादुर विष्टलाई जिम्मेवारी दिइएको छ। त्यस्तै लम्कीचुहा नगरपालिकाको संयोजकमा कृष्णप्रसाद धमाला, बर्दगोरिया गाउँपालिकाको संयोजकमा प्रमोद मल्ल, मोहन्याल गाउँपालिकाको संयोजकमा पीरम बुढा र जानकी गाउँपालिकाको संयोजकमा गोविन्द विष्टलाई जिम्मेवारी प्रदान गरिएको छ।
महाधिवेशनको तयारी तथा अधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन जिम्मेवारी पाएका संयोजकहरूलाई सम्बन्धित तहमा आवश्यक समन्वय, सहजीकरण तथा संगठनात्मक व्यवस्थापनमा भूमिका निर्वाह गर्ने कैलाली क्षेत्र नं. २ अन्तर्गत जिम्मेवारी पाएका संयोजकहरूले आफ्नो क्षेत्रको अधिवेशन प्रक्रियालाई समन्वय गर्दै अघि बढाउने बताएका छन् ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७