
आज लम्कीचुहा नगरपालिकामा जातीय छुवाछुत विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
सिद्धराज/लम्की – महिला जागरण केन्द्र लम्कीचुहा नगरपालिका १० को आयोजना र टेवा नेपालको सहयोगमा जातीय भेदभाव अन्त्य गरौं महिला हिंसा घरेलु हिंसा बन्द गरौं भन्ने मूल नाराका साथ जातीय छुवाछुत विरुद्धको कानुनको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालासँग नगरस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाही लम्कीचुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुषमा महता केसी लम्किचुहा नगरपालिकाका जनप्रतिनिधिहरू लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि दलित अगुवा समाजका प्रतिनिधि कार्यपालिका सदस्यज्यूहरू सुरक्षाकर्मी पत्रकार र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो कार्यक्रममा विभिन्न वक्ताहरुले जातीय छुवाछुत सम्बन्धीका आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका लम्किचुहा नगर प्रमुख सुशीला शाहीज्यूले समाज परिवर्तन र छुवाछुत अन्त्यका लागि अरुभन्दा पहिले हामी आफै सचेत हुन जरुरी रहेको कुरा बताउनुभयो। उहाँले यसै कार्यक्रममा छुवाछुत विरुद्धमा कोठे बैठक जस्ता गोष्ठीहरू नगरी समाजमा प्रत्यक्ष उपस्थिति देखाएर जनचेतना फैलाउँदै र सहभागिता देखाउँदा न्यूनीकरण हुन सक्ने उदाहरण दिनुभएको थियो। जातीय छुवाछुत जति न्यूनीकरण भएपनि हाम्रो समाजमा अझै जरा गाडेर बसेको छ र यसलाई न्यूनीकरणका लागि न्यूनीकरण गर्न जहाँ जुन क्षेत्रमा जुन समयमा र जुन परिस्थितिमा नगरपालिका वा स्थानीय सरकारको आवश्यकता पर्छ त्यो समयमा त्यो परिस्थितिमा आफू र सिङ्गो नगरपालिका प्रत्यक्ष रुपमा उपस्थिति वा भूमिका निभाउनमा पछि नपर्ने प्रतिबद्धता सहित प्रतिबद्धता व्यक्त कार्यक्रममा हस्ताक्षर समेत गर्नुभएको थियो।
साथै उक्त कार्यक्रममा नेकपा एमाले लम्कीचुहा नगर कमिटी अध्यक्ष शेरबहादुर बिष्टज्यूले सामाजिक क्षेत्रमा असर पार्न पार्ने यस्ता छुवाछुतलाई मान्ने र साथ दिनेलाई सरोकार को क्षेत्रबाट प्रदान गरिने सेवा सुविधा बन्द गर्नुपर्ने र छुवाछुत न्यूनीकरणमा समर्थन गर्नेलाई प्रोत्साहन गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभएको थियो।
साथै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लम्की चुहा नगर सभापति इन्द्रबहादुर कुँवरज्यूले समाजमा यस्ता छुवाछुत विरुद्धको कानुनलाई साथ दिँदै वैधानिकताको आधारमा रहेर जनचेतना सहित छुवाछुतको न्यूनीकरण गर्न आवश्यक रहेको कुरा व्यक्त गर्नुभएको थियो।
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र लम्कीचुहा नगर कमिटी अध्यक्ष कमल भुल ज्यूले पनि छुवाछुत विरुद्धमा आफ्ना विभिन्न अभिव्यक्ति राख्दै छुवाछुत विरुद्धको कानुनमा प्रभावकारिता र समाज परिवर्तनमा सचेत हुन आवश्यक रहेको जानकारी दिनुभएको थियो।
उक्त कार्यक्रमको अन्तिमतिर कार्यक्रममा उपस्थित सम्पूर्णले जातीय छुवाछुत विरुद्ध को अभियानमा हस्ताक्षर गर्दै छुवाछुत विरुद्धमा साथ रहेको प्रतिबद्धता जनाएका थिए।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७