लम्कीचुहामा सद्भाव र्याली र दीप प्रज्वलन हुँदैे

Spread the love

लम्कीचुहामा सद्भाव र्याली र दीप प्रज्वलन हुँदैे

लम्की – लम्कीचुहामा आपसी सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आज साँझ सद्भाव ¥याली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना हुने भएको छ । शनिबार साँझ ४ बजे मोतिपुरबाट सुरु हुने र्याली बजार परिक्रमा गर्दै लम्की चौराहमा समापन गरिने आयोजकहरूले जनाएका छन् ।

हालैको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र समाजमा फैलिएको त्रास, तनाव र अविश्वास कम गर्दै जनजीवनलाई सामान्यतर्फ लैजान यस कार्यक्रमको आयोजना गरिएको हो ।

व्यापारी पुष्पराज ढकालले भने, ‘व्यापार, शिक्षा र दैनिकी जीवन सबभन्दा पहिले शान्ति र सद्भावमा निर्भर हुन्छ । यसैले हामीले यो कदम चाल्नुपर्ने आवश्यकता देख्यौं ।’ त्यस्तै ‘दिप प्रज्वलन अन्धकार हटाउने प्रतीक हो । यसले समुदायमा आशा, शान्ति र सहिष्णुताको सन्देश दिन्छ । यस्तो बेला सबैले मनको डर हटाएर एकतामा जोडिनुपर्छ ।’ पत्रकार मंगल बास्कोटेले बताए ।

आयोजक समितिका अनुसार सद्भाव र्यालीमा व्यापारी, विद्यार्थी, र नागरिक समाजका सदस्यहरूको समेत सहभागिता रहनेछ । र्यालीपछि दीप प्रज्वलन गरेर मृतकको आत्माको चीरशान्तिको कामना गरिनेछ ।

आयोजकले समाजमा सद्भाव कायम राख्नको लागि हामी सबैको भूमिका महत्वपूर्ण हुने भएकाले सबैको सहभागिताको लागि अनुरोध समेत गरेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *