मोहन्यालमा विपद जोखिम लेखाजोखा सम्बन्धी तालिम सम्पन्न

Spread the love

मोहन्यालमा विपद जोखिम लेखाजोखा सम्बन्धी तालिम सम्पन्न

लम्की – कैलालीको मोहन्याल गाउँपालिका वडा नं ०१ अन्तर्गत चायाभावरमा ३ दिन र मोहन्याल गाउँपालिका वडा नं ०३ कोे फलेबिसौनाकोे दुई ठाउँमा ३/३ दिन गरी जम्मा ९ दिन “सहभागिता मुलक विपद जोखिम लेखाजोखा” सम्बन्धी ९ दिन सम्म तालिम संचालन भएको थियो भने कार्यक्रमको सहजकर्ता भरत कठायतले गर्नु भएको थियो ।

मर्सिकोर नेपाल र सेवक नेपाल द्वारा सञ्चालित आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन (M-RED) परियोजनाको आर्थिक तथा प्रविधिक सह‌योगमा उक्त तालिम सञ्चालन गरिएको हो ।

पहिलो चरणको तालिम मंसिर १२ गतेदेखि १४ गतेसम्म मोहन्याल गाउँपालिका वडा नं ०१ चायाभावरमा सम्पन्न भएको थियो, उक्त कार्यक्रममा उल्लेखिय मात्रामा सहभागी रहेका थिए । त्यस्तै दोस्रो चरणको तालिम मंसिर १५ गतेदेखि २१ गतेसम्म मोहन्याल गाउँपालिका वडा नं ०३ कोे दुई वटा छुट्टाछुट्टै ठाउँमा कार्यक्रम सम्पन्न भएको थियो ।

तालिममा सहभागीहरूलाई सम्भावित विपद पहिचान, जोखिम नाप-जोख, समुदायमा आधारित प्रतिकार्य योजना, अभिलेखिकरण, विपद नक्सांकन तथा प्रतिवेदन लेखन जस्ता विषयमा व्यावहारिक रूपमा सिकाइ प्रदान गरिएको सेवक नेपालका सामुदायक सहजकर्ता भरत कठायतले बताउनु भयो ।

उक्त तालिमले स्थानीय समुदायलाई विपद व्यवस्थापनमा सक्षम, संगठित र तयार बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

तालिमको सहजीकरण समुदायिक प्रशिक्षक भरत कठायतले गर्नु भएको थियो । उक्त कठायतकोे प्रशिक्षणले गाउँमा जोखिमलाई न्यूनिकरण गर्न सहज हुने स्थानीयले बताएका छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *