एमालेकोे खुल्ला केन्द्रिय सदस्य पदमा झपट रावलकोे उम्मेद्वारी

Spread the love

एमालेकोे खुल्ला केन्द्रिय सदस्य पदमा झपट रावलकोे उम्मेद्वारी 

नेकपा एमालेकोे ११औँ राष्ट्रिय महाधिवेशनमा पुर्व प्रतिनिधी सभा सदस्य, पुर्व केन्द्रिय कमिटी सदस्य तथा कैलाली क्षेत्र नं. १ को इन्चार्ज झपट रावलले खुल्ला केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।

प्रखर वक्ताको छवी बनाउनु भएका युवा नेता रावल जस्तो सुकै अवस्थामा पनि आफ्नो पार्टीको विचार र दृष्टिकोणका बारेमा राम्रो बहस गर्न सक्ने क्षमता राख्नुहुन्छ । निडर स्वभावका नेता रावलले त्यो निडरता पार्टी अफ्ठेरोमा परेको बेला देखाएका थिए ।

देशकै राष्ट्रिय राजनितिमा प्रभाव पार्ने नेता भिम रावल केपी ओलीको विपक्षमा उभिएपछी जिल्लाका नेताहरु खुलेर ओलीको पक्षमा बोल्न नसकेको अवस्थामा पनि रावल दृढ संकल्पका साथ सुदुरको नेतृत्व गर्दै भुमिकामा रहिरहनु भयो ।

पार्टीको नीति, विधि र नेतृत्वको संरक्षणमा सदैव दृढ उभिने, संगठन निर्माण र अनुकरणीय नेतृत्वलाई सशक्त जिम्मेवारीमा पुर्‍याउनु ११औँ राष्ट्रिय महाधिवेशनको ऐतिहासिक दायित्व रहेकाे रावलले बताए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *