
लम्की – किसान बहुउद्देश्यीय सहकारी संस्था दैजी शाखा कञ्चनपुरले समुहमा आबद्ध एक जना शेयर सदस्यलाई बुधबार रू. ३ लाख ३२ हजार ६ सय ९८ रुपैयाँ सुविधा रकम प्रदान गरेको छ ।
सहकारी संस्थाको दैजी शाखा अन्तर्गत वेदकाेट नगरपालिका ५ दैजीमा रहेको केन्द्र नम्बर ३१७२ मा आबद्ध शेयर सदस्य सीता चाैधरी डगाैराकाे केही समय अघि मृत्यु भएपछि उहाँका श्रीमान् चन्द्र डगाैरा चाैधरीलाई संस्थाकाे सदस्य सुरक्षणम काेषबाट सुविधा वाफतकाे रू.३ लाख ३२ हजार ६ सय ९८ रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो।
संस्थाका शुक्लाफाँटा ईलाका प्रमुख जयशंकर न्याैपानेकाे सभापतित्वमा बुधबार भएकाे श्रद्धाञ्जली तथा सुविधा वितरण कार्यक्रमकाे प्रमुख अतिथिमा वेदकाेट नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष चित्रदेव भट्ट रहनु भएको थियो । कार्यक्रममा वेदकोट नगरपालिका वडा नम्बर ५ का बडघर कलाैटीदेवी चाैधरी अतिथि रहनु भएको थियो ।

कार्यक्रमकाे सञ्चालन सहकारी संस्थाका दैजी शाखा प्रमुख अनिल चाैधरीले गर्नुभएको थियो । सहकारी संस्थाले आफ्ना सदस्यहरूको सुरक्षण तथा हितका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रममा जल वायु परिर्वनले विश्व वातावरणमा पारेको प्रभावलाई ध्यानमा राखी मृतकका परिवारलाई मृतककाे सम्झनामा उहाँहरूको घरआगनमा एक लिच्चीको विरुवा समेत रोपिएको किसान बहुउद्देश्यीय सहकारी संस्था, किसान कोप एग्रोबीजनेश जोशिपुर आउटलेट शाखाका शाखा प्रमुख बिरेन्द्र शाहले सामुदायिक रेडियो पश्चिम आवाज र सुदूरपश्चिम टेलिभिजनलाई जानकारी दिनु भएको छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७