दुर्व्यसन मुक्त पालिका बनाउने अभियानमा चुलाचुली गाउँपालिका

Spread the love

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली गाउँपालिका

इलाम:- नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दा सँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसन मुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।

चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागु पदार्थ विरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।प्रारम्भिक चरणमा सरोकारवाला सँग अन्तरक्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।

लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताए । “पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको छ, “उहाँहरु समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गरिनेछ”, अध्यक्ष केरुङले भने । 

वडा नं ३ बाट सुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्याइने उनले बताए । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिइने बताए ।खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ । 

नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका अनुमान छ । उनीहरु १५ देखि ५० वर्ष उमेर समूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता रहेका जनाइएको थियो । 

विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदन अनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागुऔषधको दुरुपयोग गरिरहेका छन्भने ति मध्ये ३ करोड ९५ लाख विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *