भारतीय उद्योगपति रतन टाटाको निधन

Spread the love

काठमाडौँ – भारतका प्रसिद्ध उद्योगपति तथा टाटा सन्सका पूर्वअध्यक्ष रतन टाटाको निधन भएको छ । टाटाको मुम्बईस्थित एक अस्पतालमा बुधबार राति ८६ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले टाटा समूहको तर्फबाट विज्ञप्ति जारी गरी रतन टाटाको निधन भएको जानकारी दिएका छन् ।

उनको निधनमा भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतले शोक व्यक्त गरेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले भारतले पूँजी वृद्धिलाई देशनिर्माण र उत्कृष्टतालाई नैतिकतासँग जोड्ने व्यावसाययी गुमाएको बताएकी छन् ।

भारतीय पप्रधानमन्त्री नरेन्द्र मोदीले रतन टाटा एक दुरगामी व्यवसायी र एक असाधारण तथा दयालु व्यक्तिको रुपमा सम्झिएका छन्

‘उनले भारतको सबैभन्दा पुरानो र सबैभन्दा प्रतिष्ठित व्यापारिक घरानालाई स्थिर नेतृत्व प्रदान गरे,’ मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् । स्रोत: कान्तिपुर


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *