
लम्कीचुहा ०२ बघौरामा रहेको स्वयम्भूनाथ बाल विद्या मन्दिरमा शिक्षकहरूलाई डिजिटल प्रविधि र एआईसम्बन्धी प्रशिक्षण ।
लम्की – लम्कीचुहा ०२ बघौरास्थित स्वयम्भूनाथ बाल विद्या मन्दिरमा शिक्षकहरूका लागि डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI) तथा अक्षमाला ईआरपीसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा आयोजित उक्त कार्यक्रमबारे शिक्षक दिनेश जैशीले जानकारी गराउनुभएको हो।
प्रशिक्षणमा सूचना प्रविधि विज्ञ तथा सफ्टवेयर डेभलपर धिरेन्द्र चन्द सोडारीले सहजीकरण गरेका थिए।

प्रशिक्षणका क्रममा प्रशिक्षक सोडारीले नेपालमै विकास गरिएको अक्षमाला ईआरपी (Akshamala ERP – AI Based School & College Management System) मार्फत विद्यालयका सम्पूर्ण शैक्षिक, प्रशासनिक तथा व्यवस्थापकीय गतिविधिलाई एउटै एकीकृत डिजिटल प्रणालीबाट सञ्चालन गर्न सकिने विषयमा जानकारी गराए।
उनले अक्षमाला ईआरपीका विभिन्न सुविधाबारे जानकारी दिँदै विद्यालयको दैनिक कार्यसम्पादनलाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउन यसको महत्वपूर्ण भूमिका रहने बताए।

त्यसैगरी शिक्षकहरूले मोबाइल तथा कम्प्युटरको माध्यमबाट विद्यार्थीलाई गृहकार्य तथा असाइनमेन्ट दिन, डिजिटल सिकाइ सामग्री उपलब्ध गराउन, गृहकार्य जाँच गर्न र विद्यार्थीको शैक्षिक प्रगतिको अनुगमन गर्न सक्ने सुविधाबारे व्यवहारिक अभ्याससमेत गराइएको थियो।
सूचना प्रविधि, शैक्षिक प्रविधि तथा सफ्टवेयर विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय सोडारीले देशभरका विभिन्न विद्यालय तथा कलेजहरूमा डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता (AI), शिक्षण–सिकाइ तथा शैक्षिक व्यवस्थापन प्रणालीसम्बन्धी प्रशिक्षण र परामर्श प्रदान गर्दै आएका छन्।
शिक्षामा डिजिटल रूपान्तरण, प्रविधिमैत्री शिक्षकको विकास र प्रभावकारी विद्यालय व्यवस्थापनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रशिक्षण कार्यक्रमले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियामा आधुनिक प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।


भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७