
लम्की – कैलालीको धनगढीमा आजदेखि श्रीमदभागवत सप्ताह ज्ञान विज्ञान महायज्ञ सुरु भएको छ । सडक आश्रित मानवहरूको संरक्षकको भूमिका खेल्दै आएको मानव सेवा आश्रमले आफ्नै भवन निर्माण सम्पन्न गर्ने उद्देश्यले सप्ताहव्यापी ज्ञान विज्ञान महायज्ञ सुरु गरेको हो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक कार्यक्रमका बिच महायज्ञ उद्घाटन गरेका छन् । महायज्ञ माघ ३० गतेसम्म धनगढी उपपमहानगपलिका १ पशुपति टोलस्थित महोत्सव स्थलमा हुने भएको हो ।
आश्रमले भवन निर्माणका लागि १५ करोड रुपैयाँभन्दा बढी लाग्ने र महायज्ञबाट ५ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
सो आश्रमको धनगढी शाखामा हालसम्म करिब ४ सय जना बेसहारा, असहाय, अभिभावक विहिन, जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडक मानवहरूको उद्धार गरी सेवा प्रदान गरिसकेको जनाएको छ ।
यसैबिच आज सांस्कृतिक झाँकी र कलश यात्राका साथै भुवा, हुड्केली, हलिया, पुतला, गौरा, सखिया, होली, देउडा, लाखे नाचसहित सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७