नेपाल खेलकुद महासघं सुदुरपस्चिम प्रदेशको अधिवेशन जेठ २८ गते

Spread the love

नेपाल खेलकुद महासघं सुदुरपस्चिम प्रदेशको अधिवेशन जेठ २८ गते

धनगढी – नेपाल खेलकुद महासघं सुदुरपस्चिम प्रदेशको दोश्रो अधिवेशन जेठ २८ गते हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै महासघं सुदुरपस्चिम प्रदेशले अधिवेशन बारे जानकारी दिएको हो । महासघं सुदुरपस्चिमका अध्यक्ष प्रकाश कुमार चन्दका अनुसार जेठ २८ गते धनगढीको रिद्दिसिद्दि प्यालेसमा अधिवेशन आयोजना हुन लागेको हो ।

महासघंका केन्द्रिय अध्यक्ष पर्सुराम बस्नेत (कृस्ण) को प्रमुख आतिथ्यता रहने कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचीव तथा सुदुरपस्चिम प्रदेश इन्चार्ज लेखराज प्रमुख वक्ता रहने चन्दले बताए ।

अधिवेशनमा २ सय २३ जना प्रतिनिधि रहने महासघंका केन्द्रिय सचीव एवं सुदुरपस्चिम प्रदेश इन्चार्ज बिस्णु कुमार चन्दले बताए । कार्यक्रममा करिब ७ सय जना सहभागी हुने उनले बताए ।

खेलकुद महासघं सुदुरपस्चिमले खेल गतिबिधि सगैं, खेलाडी सम्मान, सरसफाई, राहत, उद्धार लगायतका सामाजिक कार्य समेत गर्दै आएको महासघं सुदुरपस्चिमका सचीव प्रकाश बि.क ले बताए । लगत्तै महासङ्घको केन्द्रिय महादिवेशन आयोजना हुने समेत जानकारी दिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *