
कलाकारितामा पोख्त केपी: दुरुस्त उतार्छन तस्वीर
लम्की/भाद्र ४ – लोक बहादुर केपी जो अहिले राज केपीको उपनामले चर्चित छन् । कलाकारितामा सानै रूचि भएका केपी तस्वीर दुरुस्त पानामा उतार्ने गर्दछन् । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रूचि भएका केपी देश तथा विदेशमा समेत कलाकारिता क्षेत्रमा काम गरिसकेका छन् । कैलालीको लम्कीचुहा नगरपालिका ०१ लम्कीमा जन्म भई, लम्कीचुहा ०५ चौरी स्थित जनजागृति माध्यमिक विद्यालयबाट +२ पास गरेका थिए ।
२०६० साल तिर टीकापुरमा डिजिटल फोटो ग्राफी सिकेका केपीले निकै हौशला पाउँदै, कार्यलाई अघि बढाउँदै गए । त्यसपछि केपिले सबैको प्रशंसा पाइसकेपछि मोडलिङ तिर समेत काम गरे । केपीले आफ्नो काम संगै कलाकारितालाई अघि बढाउँदै गए । झनै चर्चामा आएर दर्शकको माया पाएका केपीले इन्डियन Crime Petrol सिरियलमा समेत डाइरेक्टरकोे भूमिकामा काम गर्ने अवसर पाए । त्यसपछि केपी थप काठमाण्डौंमा म्युजिक भिडियोको निर्देशक सहित गीत रचना गर्ने देखि चित्रकारको कामलाई जोड दिए ।

आज यसै सन्दर्भमा केपीले कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख श्री जुना चौधरीको तस्वीर जस्ताको त्यस्तै स्केच गरेका छन् । उहाँले आज स्केच गरेको तस्वीर नगर उपप्रमुख चौधरीको कार्यकक्षमा उहाँलाई हस्तान्तरण गर्नुभएको छ । उपप्रमुख चौधरीले केपीलाई धन्यवाद सहित सम्मान गरेकी छन् ।
केपीलाई हामीले सोध्यौँ, यस्तो दुरुस्त बनाउन कसरी सम्भव ?
राज केपीले हाम्रो प्रश्नको जवाफ दिँदै भन्नु भयो, म सानै देखि यस्तै तस्वीर स्केच गर्दै आएको थिएँ ।मलाई सबैले राम्रो छ भन्दै प्रशंसा गर्दै गर्दा मलाई थप हौशला, उर्जाले म अझै मेहेनत गर्दै गए । मैले धेरैको स्केच बनाई सकेको छु। मैले इन्डियन सिरियलमा डाईरेक्टरको भूमिका देखि नेपाली म्युजिक भिडियो रचना देखि चित्रकारमा काम गर्न थाले । जीवनमा निरन्तरको प्रयास र मेहनतले आज आफु सबैको प्रशंसाकोे पात्र र सफल भएको केपीले हामीलाई बताउनु हुन्छ ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७