
एमालेकोे सुदुरपश्चिम प्रदेश भूगोल तर्फ केन्द्रिय सदस्य पदमा डेजी पाण्डेकोे उम्मेद्वारी
नेकपा एमालेकोे ११औँ राष्ट्रिय महाधिवेशनमा पुर्व कैलाली जिल्ला सचिव डेजी पाण्डेले सुदूरपश्चिम प्रदेश भूगोल तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिएका छन् ।
विद्यार्थी जीवन देखि राजनीति गर्दै आएका प्रखर वक्ताको छवी बनाउनु भएका युवा नेता पाण्डे जस्तो सुकै अवस्थामा पनि आफ्नो पार्टीको विचार र दृष्टिकोणका बारेमा राम्रो बहस गर्न सक्ने क्षमता राख्नुहुन्छ । निडर स्वभावका नेता पाण्डेले त्यो निडरता पार्टीमा जहिले पनि देखाई रहे ।
देशकै राष्ट्रिय राजनितिमा प्रभाव पार्ने नेता भिम रावल केपी ओलीको विपक्षमा उभिएपछी जिल्लाका नेताहरु खुलेर ओलीको पक्षमा बोल्न नसकेको अवस्थामा पनि पाण्डे दृढ संकल्पका साथ सुदुरको नेतृत्व गर्ने भूमिकामा रहन निरन्तर लागिरहे ।
पार्टीको नीति, विधि र नेतृत्वको संरक्षणमा सदैव दृढ उभिने, संगठन निर्माण र अनुकरणीय नेतृत्वलाई सशक्त जिम्मेवारीमा पुर्याउनु ११औँ राष्ट्रिय महाधिवेशनको ऐतिहासिक दायित्व रहेकाे पाण्डेले बताए ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७