बकर इदले एकताको सन्देश दिन सफल हुनेछ 

Spread the love

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  ‘बकर इद (इद उल अजहा)’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वास व्यक्त गरेका छन् । देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना प्रकट गरेका हुन् ।

’नेपाल—  प्राचीन कालदेखि विभिन्न जात, जातिहरूको बसोबासको संगम स्थल रहेकोले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्व रूको आफ्नो बेग्लै विशेषता छ र सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ,’  देउवाले सन्देशमा भनेका छन्, ‘इस्लाम धर्मावलम्बीहरूले “बकर इद (इद उल अजहा)” लाई पवित्र पर्वका रूपमा मनाउँदै आएका छन् ।’ 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *