भरत रिमाल/बुधबार, १९ भदौ २

टिकापुर – कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा कार्यरत कर्मचारी देवराज वन विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको छ । वनको एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
वनले वि.सं. २०५३ सालमा अस्थायी मुखिया सरहको पदमा सुरु नियुक्ति भई मिति २०७५ साल साउन १ गतेदेखि सेवाको निरन्तरता हुने गरी टीकापुर बहुमुखी क्याम्पसमा जुनियर असिस्टेन्ट पदमा समायोजन नियुक्ति भएका थिए । यसका लागि उनले भारतको दिल्ली स्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको एस.एल.सी.को झुट्टा प्रमाण-पत्र पेस गरी सरकारी सेवामा हालसम्म कार्यरत रहेको पुष्टि भएको छ ।
यो कार्य साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेको भनाई छ । वनलाई साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा दफा २९(२) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७