
लम्की:- कैलालीकोे लम्कीचुहा नगरपालिका वडा नं ०३ चिसापानीबाट लागूऔषध सहित ६ जना पक्राउ परेका छन्।
लम्कीचुहा नगरपालिका ०२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँद सहित ६ जनालाई लागुऔषध सहित बुधवार पक्राउ गरेको हो।
उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेट सहित फेला पारी नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र १ थान स्कुटर समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७