लम्की – आज कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०२ ले वडा भित्र रहेका विशेष गरी दुग्ध प्रवर्द्धनका लागी गाई र भैँसीकोे बीमा गर्ने भएको छ। कृषकहरुको आयआर्जन अभिवृद्धि गर्ने उद्धेश्यका साथ दुग्ध उत्पादनलाई वृद्धि गर्न पशु बीमा कार्यक्रमको आज उद्दघाटन गरिएको हो। उक्त उद्दघाटन कार्यक्रममा वडा अध्यक्ष सन्तोष कुमार ओलीले वडा भित्र रहेका सम्पूर्ण गाई भैँसीको बीमा वडा कार्यालयले नै गरेर कृषकलाई आत्मनिर्भर बनाउनमा जोड दिने बताउनु भयो। साथै अध्यक्ष ओलीले यस तर्फ सरकारका सबै निकायले जोड दिनु पर्ने बताउनु भयो।

Your message has been sent

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७