
लम्कीचुहा नगरपालिकाका आम नागरिकलाई शुद्ध पिउने पानी सम्पुर्ण नागरिकहरुको घरघरमा पुग्ने भएको छ।

कर्णालीको पानी लम्कीचुहा नगरपालिकाको सहलगानी आयोजना लम्कीचुहा नगरपालिकाका आम नागरिकलाई शुद्ध पिउने पानी सम्पुर्ण नागरिकहरुको घरघरमा पुगाउने हेतुका साथ लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही ज्युको पहलमा नगर विकास कोष संग समन्वय गरी १४,७७,९५०००/- लागतको २५ प्रतिशत ऋण सम्झौतामा नगर प्रमुख सुशिला शाही ज्युले हस्ताक्षर गर्नु भएको छ।

लम्कीचुहा नगरपालिकाका नगर प्रमुख सुशिला शाही ज्यु र लम्की साना शहरी खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेज बहादुर चलाउने ज्युले ऋण सम्झौतामा हस्ताक्षर गर्नु भएको छ । उक्त कार्यले नगरबासी निकै हर्षित छन् र शुद्ध पिउने पानीको अभाव नहुने समेत रहेको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७