जानकी गाउँपालिका द्धारा दशैँको शुभकामना आदानप्रदान

Spread the love

लम्की – जानकी गाउँपालिकाले पालिका क्षेत्र अन्तर्गतका जनप्रतिनिधि, बड्घर, इलाका प्रशासन कार्यालय टीकापुर र इलाका प्रहरी कार्यालय टीकापुर बीच प्रशासन, शान्ति, सुरक्षा एवं समसामयिक विषय बस्तुमा केन्द्रित रहेर अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरि विजया दशमी, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्षज्यूको सभापतित्वमा शुभारम्भ गरिएको कार्यक्रममा इलाका प्रशासन कार्यालय टीकापुरका नि. कार्यालय प्रमुख श्री सर्वानन्द चपाई र इलाका प्रहरी कार्यालय टीकापुरका प्र.निरिक्षक श्री बलेन्द्र नाथ ज्यूले प्रशासन एवं शान्ति सुरक्षाका विषयमा मन्तब्य राख्नु भयो । कार्यक्रमको उदेश्य माथि प्रकास पर्दै प्रमुख प्रशासकीय अधिकृत श्री आशिष चौधरीज्यूले जानकी गाउँपालिकाका जनप्रतिनिधि र बड्घर पालिकाको समग्र विकासको मियो भएको बताउनु भयो सो अवसरमा जानकी गाउँपालिकाले पारित गरेको बड्घर ऐन, २०७७ को बुंदा नम्बर १३ मा व्यवस्था भएको बड्घरको काम कर्तब्य र अधिकार माथि पनि वहाँले चर्चा गर्नु भयो ।

कार्यक्रममा बड्घर वडा सदस्य, वडा अध्यक्ष ज्यूहरुले पालिकाको समग्र विषय बस्तुमा केन्द्रित रहेर शुभकामना मन्तब्य राख्नु भयो भने उपाध्यक्ष ज्यूले बड्घरहरुलाई आफ्नो कर्तब्य र अधिकार अनुसार कार्य सम्पादन गर्यो भने पालिकाको हित हुने कुरामा जोड दिनु भयो ।
विपद् व्यवस्थापन शाखाका प्रमुख नेत्र प्रसाद जैशिले संचालन गरेको कार्यक्रमको व्यवस्थापन प्रशासन शाखा प्रमुख मेवालाल चौधरी लगायतकाले गरेको छन ।

कार्यक्रमको समापन गर्नु हुँदै पालिका अध्यक्ष श्री गणेश चौधरी ज्यूले बड्घरहरुको निस्वार्थ कार्य प्रति खुसि व्यक्त गर्नु भो । शुभकामना मन्तब्य राख्नु हुँदै वहाँले आउने दिनहरुमा पालिकाले बड्घर प्रथालाई अझ सशक्त बनाउन आवश्यक पहल गर्ने बताउनु भयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *