गाईसँग माेटरसाइकल ठोक्किँदा एकको मृत्यु

Spread the love

सुर्खेत – वीरेन्द्रनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८का ५० वर्षीय महेश पौडेल रहेका छन्।

सुर्खेत प्रहरीका अनुसार सोमबार साँझ ६ बजेतिर भे५प ४०४२ नम्बरको उनको मोटरसाइकल वीरेन्द्रनगरकाे कालुङचोकमा गाईसँग ठोक्किएको थियो।

दुर्घटना लगत्तै उनलाई प्रदेश अस्पताल लगिएको थियो । राति ८ बजेतिर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *