महिला तथा किशोरीलाई आत्मरक्षा शिक्षा सम्बन्धी तालिम लम्कीमा सम्पन्न

Spread the love

लम्की – महिला हिँसा विरुद्धकोे १६ दिने अभियान अन्तर्गत महिला तथा किशोरीलाई आत्मरक्षा शिक्षा सम्बन्धी तालिम लम्कीमा सम्पन्न भएको छ।

कैलालीको लम्कीमा लम्कीचुहा नगरपालिका र युएन ह्याबिट्याटकोे संयुक्त आयोजनामा महिला हिँसा विरुद्धकोे १६ दिने अभियान अन्तर्गत महिला तथा किशोरीलाई आत्मरक्षा शिक्षा सम्बन्धी तालिम लम्कीमा सम्पन्न भएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाही, विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिकाका नगर उप-प्रमुख जुना चौधरी र प्रशिक्षक टिकाराम बज्गाईँ , दिपेश थापा लगायत विभिन्न विद्यालयका शिक्षिका र छात्राकोे उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख शाहीले हामी महिला आफैले आफ्नो रक्षा गर्न जस्तो सुकै परिस्थितिमा अडिक रहनुपर्छ। यस्तो आत्मरक्षा सम्बन्धी कार्यक्रम प्रत्येक विद्यालयमा संचालन गर्न म तयार रहेको र हामीले सके सम्म प्रत्येक स्कुलमा एक प्रशिक्षककोे व्यवस्था गर्न पहल गर्ने बताउनु भयो । साथै नगर उपप्रमुख चौधरीले किशोरीहरुलाई यस्तो सचेतनामुलक कार्यक्रम गर्न जरुरी रहेको र हामी त्यो कार्यक्रम प्रत्येक विद्यालयमा गर्न तयार रहेको बताउनु भयो। एउटा किशोरी या महिला घरबाटै हिंसामा पर्ने र यसकाे अन्त्य गर्न नगरपालिकाबाट सकिने सहयाेग गर्न तयार रहेको बताउनु भयो।

यो कार्यक्रम प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको चेतना र वकालत गर्न विश्वव्यापी अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउँदै आईरहेकोमा यस वर्ष यूएन ह्याबिट्याट नेपाल (UN-Habitat Nepal) द्वारा लम्कीचुहा नगरपालिकामा महिलामैत्री शहर (Cities 4 Women: Inclusive and Climate Resilient Urbanization in Nepal) परियोजना अन्तर्गत नगरपालिकाको सामुदायिक विद्यालयका कक्षा ९/१० का छात्रा र महिला शिक्षकहरुलाई आत्मरक्षा सम्बन्धी १ दिने तालिमकोे आयोजना गरिएको हो।

युरोपियन युनियन नेपाल (European Union Nepal) र अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग (USAID) नेपालको संयुक्त आर्थिक सहयोग तथा शहरी विकास मन्त्रालयसंगको सहकार्यमा युएनओपीएस् (UNOPS Nepal), सिटिज एलायन्स (Cities Alliance) युएन ह्याबिट्याट नेपाल (UN-Habitat Nepal) द्वारा लम्कीचुहा लगायतका ६ वटा नगरपालिकाहरुमा महिलामैत्री शहर परियोजना सञ्चालन भैरहेको जानकारी यहाँलाई गराउन चाहन्छौ। यस परियोजनाले नगरपालिकाहरूमा जलवायु उत्थानशील शहरी विकास योजना तर्जुमा, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन, लैङ्गिक मूलप्रवाहीकरण र समावेशीता, समावेशी शहरी सुना क्षेत्र निर्माण तथा व्यवस्थापन सँगै लैङ्गिक समावेशी र जलवायु परिवर्तन मैत्री सार्वजनिक स्थलहरूको माग बढाउने र शहरीकरण योजना निर्माण क्षमताको अभिवृद्धी गर्ने लक्ष्य राखेको छ।

महिलाहरूले प्रायः मौखिक उत्पीडन देखि शारीरिक आक्रमण सम्मको सुरक्षामा सम्झौता हुने अवस्थाहरुको सामना गर्छन्। यसै सिलसिलामा महिलाहरुले खुला क्षेत्रहरुमा भोग्ने हिंसा र उत्पीडनलाई मध्यनजर गरी त्यस्ता हिंसाको डरबाट मुक्त हुन आत्मरक्षाको केही व्यावहारिक अभ्यास सिकेर आफूलाई बचाउने क्षमता महत्वपूर्ण हुन्छ । बात्मरक्षा जस्ता तालिमले आत्मविश्वास र आत्मसम्मान बढाउँनुका साथै विद्यार्थीहरूलाई शारीरिक झगडामा मात्र नभई दैनिक जीवनमा पनि जोखिमहरू मूल्याङ्कन गर्ने र अप्ठ्‌यारो अवस्थामा तुरुन्त निर्णयहरू लिने क्षमता प्रदान गर्दछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *