काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । शर्माका अनुसार लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको छ ।
पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो । ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ ।
भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७