अरनिको राष्ट्रिय आधारभूत विद्यालयद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ११ हजार ८५ सहयोग

Spread the love

विद्यार्थीको हातबाटै रकम गणना, श्री अरनिको राष्ट्रिय आधारभूत विद्यालयद्वारा प्रधानमन्त्री राहत कोषमा रु. ११ हजार ८५ सहयोग

लम्की – प्रधानमन्त्री राहत कोषका लागि श्री अरनिको राष्ट्रिय आधारभूत विद्यालय, मोहन्याल ०७ कुईनेले विद्यार्थी, समाजसेवी तथा अभिभावकहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ११ हजार ८५ सहयोग रकम राहत कोषमा जम्मा गरेको छ।

विद्यालयले विभिन्न व्यक्ति तथा समुदायबाट स्वेच्छिक रूपमा प्राप्त गरेको रकम विद्यार्थीहरूकै प्रत्यक्ष सहभागितामा गणना गराई जम्मा रकमको यकिन गरेको हो। संकलित रकम पारदर्शी रूपमा विद्यार्थीहरूकै हातबाट गन्न लगाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ।

सहयोग रकम संकलनदेखि गणनासम्म विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराइएको कार्यले उनीहरूमा सामाजिक उत्तरदायित्व, मानवीय भावना, सहयोगी संस्कार तथा आर्थिक पारदर्शिताको अभ्यास विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

विपद् तथा संकटका बेला विद्यार्थी, अभिभावक, समाजसेवी र विद्यालय परिवारबाट स्वेच्छिक रूपमा गरिएको यस्तो सहयोगले मानवीय सहकार्य र सामाजिक एकताको सकारात्मक सन्देश दिएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *