आईएमई लाइफको ९औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, लम्की शाखामा रक्तदान गर्न आह्वान

Spread the love

आईएमई लाइफको ९औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, लम्की शाखामा रक्तदान गर्न आह्वान

लम्की – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ९औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

कम्पनीको लम्की शाखाको आयोजनामा आगामी भदौ ३ गते, २०८३ का दिन बिहान ७ बजेदेखि १० बजेसम्म रक्तदान कार्यक्रम सञ्चालन हुने जनाइएको छ। कार्यक्रम आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, शाखा कार्यालय लम्की, कैलालीमा आयोजना हुनेछ।

‘रक्तदान जीवनदान’ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको कार्यक्रममा मानव सेवामा समर्पित हुन चाहने रक्तदाताहरूलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ। एक व्यक्तिले गरेको रक्तदानले आवश्यक परेको अवस्थामा अर्को व्यक्तिको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा नभई सामाजिक सेवासँग जोडिएको कम्पनीले जनाएको छ।

आईएमई लाइफले आफ्नो ९औँ वार्षिकोत्सवका अवसरमा ग्राहक, अभिकर्ता, नियमनकारी निकाय, शेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूप्रति समेत आभार व्यक्त गरेको छ। कम्पनीले आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

लम्की शाखाका शाखा प्रमुख बल बहादुर थापाले वार्षिकोत्सवको अवसरमा मानव सेवामा समर्पित रक्तदान कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्।

रक्तदान कार्यक्रमले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ। कम्पनीले “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने भावनासहित सम्पूर्ण इच्छुक रक्तदातालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *