युवाको नेतृत्वमा हरियाली अभियानः LEO District काउन्सिल ३२५N द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

Spread the love

युवाको नेतृत्वमा हरियाली अभियानः लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एनद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

लम्कीचुहा, कैलाली । वातावरण संरक्षणसँगै हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले Lions International Leo District Council 325N, Nepal को अगुवाइमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

प्रकृति संरक्षण, वातावरणीय सन्तुलन कायम तथा भावी पुस्ताका लागि स्वच्छ र हराभरा वातावरण निर्माण गर्ने सन्देशसहित आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएका थिए। कार्यक्रममा सहभागीहरूले बिरुवा रोपेर मात्र अभियान पूरा नहुने भन्दै रोपिएका बिरुवाको संरक्षण, नियमित हेरचाह र हुर्काउने जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।

कार्यक्रम अध्यक्ष सुवेक्षा भण्डारीको नेतृत्वमा सम्पन्न भएको हो। वृक्षारोपण कार्यक्रममा लियो क्लबका सदस्य तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको थियो। युवाहरूको सक्रिय सहभागिताले वातावरण संरक्षणप्रतिको जिम्मेवारी र सामाजिक सेवाप्रतिको प्रतिबद्धता थप उजागर गरेको आयोजकको भनाइ छ।

कार्यक्रममा लियो क्लब अफ कैलाली लम्की इनर्जेटिक, लियो क्लब अफ कैलाली लम्की, लियो क्लब अफ लम्की क्रियटिभ, लियो क्लब अफ लम्की एकेडेमिया, लियो क्लब अफ लम्की सिटी र लियो क्लब अफ लम्की लालिगुराँसको सहभागिता रहेको थियो।

वातावरणीय जोखिम बढ्दै गएको वर्तमान अवस्थामा वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रमका रूपमा नभई दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्। वृक्षारोपणमार्फत वातावरण संरक्षणसँगै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने र युवालाई सामाजिक सेवामा थप सक्रिय बनाउने उद्देश्यसमेत कार्यक्रमले बोकेको थियो।

लियो डिस्ट्रिक्ट काउन्सिल ३२५एनको यो अभियानले ‘आज रोपेको बिरुवा, भोलिको स्वच्छ र सुरक्षित भविष्य’ भन्ने सन्देश दिएको छ। यस्ता अभियानलाई निरन्तरता दिँदै रोपिएका बिरुवाको संरक्षणमा समेत विशेष ध्यान दिन सके वातावरण संरक्षणको अभियान अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

 


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *