विदेशमा कर्मथलो बनाएका लोकराज जैसीद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

Spread the love

विदेशमा कर्मथलो बनाएका लोकराज जैसीद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

 लम्की/कैलाली – विदेशमा (दुवई) कर्मथलो बनाउँदै आउनुभएका लम्कीचुहा नगरपालिका – ०९ का लोकराज जैसीले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ।

बडिमालिका समाज रुपान्तरणका संस्थापक अध्यक्षसमेत रहनुभएका जैसीले लम्कीचुहा नगरपालिका – ०९, बनबर्सास्थित नव जागरण आधारभूत विद्यालयमा अध्ययनरत गरिब, विपन्न तथा अति विपन्न विद्यार्थीहरूलाई २० जोर विद्यालय पोशाक (स्कुल ड्रेस) र १० थान विद्यालय झोला सहयोग गर्नुभएको हो।

आर्थिक अभावका कारण विद्यालय पोशाक तथा आवश्यक शैक्षिक सामग्री जुटाउन कठिनाइ भइरहेका विद्यार्थीलाई सहयोग पुग्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बताइएको छ।

विदेशमा रहेर पनि आफ्नो गाउँ–ठाउँ र समुदायका विपन्न विद्यार्थीको शैक्षिक आवश्यकतालाई सम्झिँदै सहयोग गर्नु सकारात्मक र अनुकरणीय कार्य भएको विद्यालय पक्षले जनाएको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउँदा उनीहरूको विद्यालय उपस्थितिमा वृद्धि हुनुका साथै अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ।

समाजमा आर्थिक रूपमा कमजोर वर्गका बालबालिकाको शिक्षामा पहुँच सहज बनाउन व्यक्तिगत तथा संस्थागत तहबाट गरिने यस्ता सहयोगले महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ।

विदेशलाई कर्मथलो बनाए पनि आफ्नो माटो, समाज र विपन्न विद्यार्थीप्रतिको जिम्मेवारी नबिर्सिएका जैसीको यो सहयोग सामाजिक उत्तरदायित्व र मानवीय सेवाको उदाहरण बनेको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *