राजिरेक्चाको स्पोर्टस स्टार युवा क्लवका १५ जना खेलाडीलाई पत्रकार तथा समाजसेवी विरेन्द्र बहादुर रावलद्वारा स्पोर्टस ड्रेस वितरण

Spread the love

राजिरेक्चाको स्पोर्टस स्टार युवा क्लवका १५ जना खेलाडीलाई पत्रकार तथा समाजसेवी विरेन्द्र बहादुर रावलद्धारा स्पोर्ट्स ड्रेस वितरण 

कैलाली – पत्रकार तथा समाजसेवी विरेन्द्र बहादुर रावलले राजिरेक्चास्थित स्पोर्टस स्टार युवा क्लबका १५ जना खेलाडीलाई स्पोर्टस ड्रेस वितरण गर्नुभएको छ।

युवाहरूलाई खेलकुदप्रति थप आकर्षित गर्दै उनीहरूको प्रतिभा विकास, अनुशासन, स्वास्थ्य तथा सकारात्मक सामाजिक गतिविधिमा सक्रिय बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले रावलले १५ जना खेलाडीलाई स्पोर्टस ड्रेस सहयोग गर्नुभएको हो।

स्पोर्टस ड्रेस वितरण कार्यक्रममा क्लबका खेलाडी तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो। ड्रेस प्राप्त गरेपछि खेलाडीहरूले खेलकुद गतिविधिमा थप उत्साहका साथ सहभागी हुने बताउँदै सहयोगका लागि पत्रकार तथा समाजसेवी रावलप्रति आभार व्यक्त गरेका छन्।

कार्यक्रममा रावलले युवाहरू समाजका महत्वपूर्ण शक्ति भएकाले उनीहरूलाई कुलतबाट टाढा राख्दै खेलकुद तथा सिर्जनात्मक गतिविधिमा जोड दिनुपर्ने बताउनुभयो। स्थानीयस्तरमा रहेका प्रतिभाशाली खेलाडीलाई आवश्यक सहयोग र अवसर उपलब्ध गराउन सके खेलकुदको माध्यमबाट क्षेत्रको पहिचान राष्ट्रियस्तरसम्म पुर्‍याउन सकिने उहाँको भनाइ थियो।

क्लबका तर्फबाट १५ जना खेलाडीलाई स्पोर्टस ड्रेस उपलब्ध गराएकोमा रावलप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरिएको जनाइएको छ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *