
चुलिमालिकालाई २ गोलले हराउँदै सगुनिया युवा क्लब सेमिफाइनलमा
लम्की – कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ०४ खल्लामा जारी फुटबल प्रतियोगिताअन्तर्गत सगुनियाँ युवा क्लवले चुलिमालिका युवा क्लवलाई २ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
प्रतिस्पर्धात्मक खेलमा लम्कीचुहा – ०४ को सगुनियाँ युवा क्लवले लम्कीचुहा – ०२ चुलिमालिका विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २ गोलको अन्तरमा जित निकालेको हो। जितसँगै सगुनियाँ युवा क्लव प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।
अब सगुनियाँ युवा क्लवले सेमिफाइनलमा Youth of Tikapur सँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल खेलमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताको आयोजना न्यु ज्योति युवा क्लव, कौवापुरले गरेको हो। स्थानीय स्तरमा खेलकुदको विकास, युवाको सहभागिता तथा प्रतिभा पहिचान गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ।
सगुनियाँ युवा क्लवको यो जितसँगै प्रतियोगिताको उपाधि यात्राले थप रोमाञ्चक मोड लिएको छ। अब सबैको नजर सगुनिया युवा क्लव र Youth of Tikapur बीच हुने सेमिफाइनल भिडन्ततर्फ केन्द्रित भएको छ।

भरत रिमाल यस नव त्रिवेणी मिडिया द्वारा संचालित त्रिवेणी टुडे अनलाईन पत्रिकाका अध्यक्ष तथा संचालक हुनुहुन्छ। जनताकाे निष्पक्ष आवाज बोल्नु हुन्छ। उहाँ विभिन्न समसामयिक विषयवस्तु, राजनीतिक र समाजमा भइरहेका विभिन्न विषयवस्तुमा रहेर कलम चलाउँदै पत्रकारिता गर्नुहुन्छ।
सम्पर्क नं: ९८४१४१२०७७